![](http://upakaronline.com/wp-content/uploads/2023/06/gulmi-670x420.jpg)
गुल्मी। समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सवैको पहिचान भन्ने मुलनाराका साथ व्यवसायीक उत्पादनमा जोडिने उद्देश्यले गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं. ४, अर्खलेमा लामो समय देखि बाझिएको करिब १ सय ५० रोपनी भन्दा बढी उर्वर जमिनमा सामुहिक सुन्तला खेती सुरु गरिएको छ।
कृषि ज्ञान केन्द्र गुल्मी र रेसुङ्गा नगरपालिकाको संयुक्त सहयोगमा सामुहिक सुन्तला खेती सुरु गरिएको हो। चाक्लाबन्दि गरि सामुहिक व्यवसायीक सुन्तला खेती गर्न लागिएको स्थानमा आज वृक्षरोपण दिवसको अवसरमा सुन्तलाका बिरुवा रोपण गरिएको छ। करिब तीन हजार भन्दा बढी विरुवा रोपि व्यावसायिक सुन्तला खेतीमा लागेका कृषकहरु प्रती रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी लगाएतले उच्च सम्मान सँगै व्यवसायिक सफलताको शुभकामना व्यक्त गर्दै वृक्षारोपण समेत सरिक हुनु भएको थियो। रेसुङ्गा नगरपालिकाले स्थानीय सरकारको भुमिकामा पौरखी कृषकहरुलाई गर्नुप र्ने सम्पुर्ण सहयोग र समन्वय गर्न तत्पर रहेको नगर प्रमुख पन्थीको दावी छ। अबको समय उद्यमशिलता र उत्पादनको भएकाले नगरपालिकाले भौतिक विकासलाई उत्पादनसँग जोड्ने प्रयत्न गरिरहेकोे छ।