पत्रकार पौडेल लाई बाणगंगाको विकास पत्रकारीता पुरस्कार

कपिलवस्तु । रेडियो हर्ट विट ९१.३ मेगाहर्जका स्टेसन म्यानेजर अशोक पौडेल बाणगंगा नगरपालिकाको विकास पत्रकारीता पुरस्कार बाट सम्मानित हुनुभएको छ । वैखरी अनलाईनका प्रधान सम्पादक समेत रहनु भएका पौडेललाई नगरको विकासमा पत्रकारीताको माध्यम बाट महत्वपुर्ण योगदान पुर्याएको ठहर गर्दै नगद रु १५ हजार सहित बाणगंगा नगरपालिकाले सम्मान गरेको हो ।

त्यस्तै सम्मानित हुनेहरुमा विकास पत्रकारीता तर्फ नै पत्रकार कुलराज भुसाल रहनुभएको छ । त्यस्तै शान्ती सुरक्षा तथा अमन चयन कायम गर्दै लागु औषद दुर्व्यसनी नियन्त्रणमा उत्कृष्ट भूमिका निर्वाह गरेको ठहर गर्दै ईलाका प्रहरी कार्यालयका प्रमुख प्र.नि. कोसिस बाबु जोशी, अस्थायी प्रहरी चौकी गजेहडाका ईन्चार्ज प्र.स.नि. दुर्गेश प्रसाद यादव सम्मानित हुनुभएको छ ।

त्यस्तै सुशासन तथा सेवा प्रवाहको क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गर्दै नगरपालिकाका कर्मचारीहरुमा आठौँ अधिकृत राजकुमार तिवारी, कम्प्युटर अपरेटर (सहायक पाँचौं) का दिपक थापा, सवारी चालक बुद्ध हमाल, कार्यालय सहयोगी सुभासना पछाई लगायत सम्मानित हुनुभएको छ ।

 

No description available.

 

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation