बाणगंगा ७ र ८ का डुबान प्रभावित परिवारलाई राहत प्रदान गरिने

कपिलवस्तु । लामो समयपछि परेको अभिरल वर्षाका कारण कपिलवस्तु सहित लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र प्रभावित भएका छन । कपिलवस्तुको बाणगंगा ७ र ८ का विभिन्न गाउँमा समेत डुबान भएको छ ।

वडा नं. ७ र ८ का प्रगति टोल, चौरी गाउँ, वैरी गाउँ, शान्ति टोल, पुल्चोक उत्तर र सिसनिया गरी करिव १६३ घरहरु डुवानमा परी ठूलो क्षति भएको भन्दै बाणगंगा नगरपालिकाले दुख समेत व्यक्त गरेको छ । आज बसेको विपद् व्यवस्थापन समितिको आकस्मिक वैठकले डुबानमा परेका परिवारलाई तत्काल राहतको व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।

साथै राहत व्यवस्थापन तथा वितरणमा थप सहयोग पुराउनुहुन वडाहरु, टोल विकास संस्था, विभिन्न संघसंस्था एवं व्यक्तित्वहरुलाई आव्हान समेत गरेको छ । साथै वर्षायाम नसकिसकेको र डुवान तथा बाढीका कारण पुनः विपद्का घटना दोहोरिन सक्ने भएकोले सबैलाई सावधान रहन पनि आग्रह गरेको छ ।

May be an image of text

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation