कपिलवस्तु । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पाचौं स्थापना दिवस कपिलवस्तुको तौलिहवामा रहेको बाल गृहमा मनाएको छ । दिवसको अवसरमा कपिलवस्तुको जितपुर शाखाको आयोजना मुर्गिया र तौलिहवा उपशाखाको सहभागितामा विहिबार बाल गृहका विद्यार्थीहरु संग मनाएको हो ।
बाल गृहका लागि दैनिक उपभोग्य बस्तु, चामल, दाल, नुन, तेल, चिनी, साबुन, कोल्गेट, बिस्कुट जस्ता खाद्यान्न सामाग्री कम्पनीले हस्तान्तरण गरेको छ। जितपुर शाखा प्रमुक गिता गौतम, मुर्गिया उपशाखा प्रमुख गोमा तरामु, तौलिहवा उपशाखा प्रमुक सकुन्तला चौधरी, हरिकला भट्टराई, लक्ष्मी पान्डे, तिलक बन्जाडे, निमा पुन, सबिता बि क, शुशिला चौधरी, पुरन बहादुर नेपाली, लगायत कर्मचारी तथा अभिकर्ता को सकृय उपस्थितिमा जितपुर शाखा प्रमुख गौतम ले बालगृह ब्यबस्थापक राम प्रसाद अर्याल लाई उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै कर्मचारी अभिकर्ता हितकोषका संस्थापक अध्यक्ष बुद्दिशागर बेल्बासेले जीवन बिमा भनेको यथार्थमै मानवका लागि वर्तमान र भबिस्यका लागी सुरक्षित बचत भएको उल्लेख गर्नुभयो । कुनै पनि जोखिमको हितको लागि हुने र यस्तो कार्यमा लाग्ने कर्मचारी तथा अभिकर्ताले यस अनाथलयमा रहेका अनाथको दैनिकीमा सहयोग पु¥याउने अभिप्राय को शिक्षा बिमा शिक्षाबाट धेरै प्राप्त हुने भएकाले सबै बर्गका जनस्तरमा बिमा शिक्षा बारे थप जनचेतना फैलाउन आवस्यक रहेको बताउनु भएको छ । अंघिल्लो बर्ष र यो बर्ष पनि कम्पनीले यस संस्था प्रती देखाएको सद्भावले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी प्रती ब्यबस्थापक राम प्रसाद अर्यालले कृतज्ञता प्रकट गर्नुभएको थियो।
स्थापना दिवसकै अवसरमा चन्दौटा र दाङ्ग शाखाले बृहत रक्तदान को कार्यक्रम राखी १०१ पैन्ट रगत संकलन गरेको कम्पनिका प्रदेश मार्केटिङ प्रमुख मोतिलाल भट्टराई ले जानकारी दिनुभयो । चन्द्रौटा शाखा प्रमुख नारायण पौडेल र दाङ्ग शाखा प्रमुख सशी कुमारी डि सिका अनुसार कर्मचारी, अभिकर्ता र धेरै सुबेच्छुकले स्वतस्फूर्त रुपमा कम्पनीको आयोजनालाई प्रोत्साहन गरेर उत्साहाजनक सहभागिता जनाएका थिए ।
विहिवार कम्पनीले देसभरका शाखाहरुमा सामाजिक कार्य गरेर भब्य रुपमा स्थापना दिवस मनाएको प्रदेश प्रमुख भट्टराईले उपकार अनलाइनलाई जाकारी दिनुभयो ।