पर्वलाई मध्य नजर गर्दै गुल्मीको रिडीमा नागरिक सहायता कक्षको सुरु 

गुल्मी । हिन्दु नेपालीहरुको महान पर्व बडा दसैं, शुभ दिपावली, तथा छड पर्वको पावन अवसरमा अस्थायी ट्राफिक प्रहरी पोस्ट रिडी गुल्मीले नागरिक सहायत कक्षको स्थापना गरेको छ।

आज स्थानिय वासिन्दा, पत्रकार , यात्रुहरु उपस्थितिमा रिडी बस्पार्कमा नागरिक सहायता कक्षको शुभारम्भ गरिएको हो । पर्वका बेलामा यातायातमा यात्रुहरुको चाप बढी हुने र महत्त्वपूर्ण सामग्री सहित घर फर्किने समय भएकोले यात्रुहरुलाइ सुविधा तथा सहज वातावरणमा गन्तव्य स्थान समक्ष पुर्याउन यो नागरिक सहयता कक्षको स्थापना गरिएको अस्थायी ट्राफिक प्रहरी पोस्टका वरिष्ट हवलदार नन्द बहादुर शाहिले जानकारी दिनु भयो।

पर्वका बेला गाडीधनीलेले बढी भाडा असुल गर्ने, यातायातको गति छिटो गर्ने ,यात्रीका गुनासा बढ्ने , बिच बाटोमै यात्रीलाई अल्पत्र पार्ने हुँदा जिल्लाका विभिन्न स्थानमा यसरी नागरिक सहायता कक्षको स्थापना गरेर पर्वहरु मनाउन सहज वातावरण सिर्जना गर्नैका लागि जिल्ला ट्राफिक कार्यालय गुल्मीले प्रकृया थालेको ट्राफिक प्रमुख कृष्ण प्रसाद आचार्यले बताउनु भयो । उहाँले हरेक चोक तथा बढि भिडभाड हुने स्थानमा ट्राफिक प्रहरी खटेर चेक जाँच कार्यलाई थप कडाइ गर्न सबै ट्राफिक प्रहरी हरुलाई निर्देशन समेत दिनु भएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation