उपकार अनलाईन, सैनामैना ।
बालेन शिक्षक होइनन् । महानगरका प्रमुख हुन् । त्यस अगाडि उनी र्यापर थिए । समस्या शिक्षकका हुन । उनलाई बिद्यालय शिक्षक र कर्मचारीका समस्या बारे खाशै पत्तो छैन ।
आजसम्म विद्यालय कर्मचारीलाई दरवन्दी छैन भन्ने कुरो उनलाई कसैले सुनाइदिएको नहुन सक्छ । २० बर्षसम्म कार्यरत शिक्षकहरुको एक तह बढुवा नहुदा उनीहरुको मनोबिज्ञानमा परेको चोट उनलाई कसरी अनुभुती हुन सक्छ र ? अहिले बालेन प्रमुख रहेको शहर केन्द्रित आन्दोलन जारी छ । उनले आफ्नो शहरमा बिद्यालय बन्द गरेर आन्दोलन गरे कानुन बमोजिम कार्वाही गरिनेछ भन्ने तर्क सहितको सूचना जारी गरेछन । यो उनको अज्ञानता हो । उनको तर्क अनुसार स्थानीय सरकारको एकल अधिकार रहेको बिद्यालय शिक्षा संचालन सम्बन्धि ऎन बनाउने अधिकार स्थानीय तहको हो संघीय सरकारको होइन । त्यसैले उनले पनि एक थान शिक्षा ऎन वनाएर जारी गरेका छन । उनले जस्तै अरुले पनि आ आफ्नै तरिकाले ऎन बनाएका छन । अरुले त साधनस्रोतको अभावमा बिद्यालय कर्मचारीको दरवन्दी सिर्जना गर्न सकेनन् ।
के उनले सके त ? उनी त देशकै केन्द्रीय राजधानी भएको महानगर प्रमुख हुन् । उनको तर्क अनुसार बिद्यालय संचालन सम्बन्धि कानुन संसोधन र एकीकरण गर्न बनेको संघीय शिक्षा ऎनको बिधेयकमा आफ्नो पनि बिमति रहेको छ । त्यसो भए आफुले बनाएको ऎन देशभरका पालिकाले अनुशरण गर्नु पर्ने हुनु पर्यो नि १ बाल अधिकारको कुरा गरेर आन्दोलनलाई कम आकलन गरी शिक्षक माथी दमन गर्ने योजना बनेको हो भने त्यो महानगरका शिक्षक कर्मचारीले खारेज गर्ने छन । प्रतिवाद गर्ने छन ।
समस्या बल्झाउन र अल्झाउन खोजेर हुदैन , बालेन जी । समस्या समाधान गर्ने हो भने बिद्यालय शिक्षक कर्मचारीका प्रतिनिधिसङ्ग बसेर छलफल गर्ने र समस्याको वास्तविक पहिचान गरी त्यसको दिगो समाधान गर्ने योजना बनाउने हो नकि बिज्ञाप्ति बाजी गरेर शासक बन्ने १ ठुला ठुला शासकले पनि आन्दोलन सामु घुडा टेक्न बाध्य बने ,बालेन ज्यु । तपाईंको नकारात्मक टिप्पणी आन्दोलन सफलताको सकारात्मक पाटो बनोस । अनि धन्यवाद ज्ञापन गर्न पाइयोस ।
लेखकः गुणाखर भट्टराई अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष तथा कालिका मानबज्ञान माध्यमिक बिधालय बुटवलका शिक्षक हुनुहुन्छ ।