उपकार अनलाईन, रुपन्देही ।
रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चन गापा वडा नं १ मा रहेका उपभोत्ता समितिलाई योजना तथा कार्यक्रम सञ्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कञ्चन गापा वडा नं १ का वडा अध्यक्ष हरिनारायण थारुको अध्यक्षयतामा संचालन भएको कार्यम्रमा कञ्चन गापा उपाध्यक्ष मौसमी थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथी थापाले उपभोत्ता समिति नै कञ्चन गापा विकासको आधार भएकोले निष्पक्ष र निदर भएर कार्य गर्न उत्साह प्रदान गर्नु भयो।कार्यक्रमा विशिष्ठ अतिथी कञ्चन गापाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले उपस्थितीलाई स्वागत गर्दै हामो निरन्तर कञ्चनको विकासमा रहेको र योजना पनि त्यसै अनुसार बनाएको हुदा सबैले समयमै काम सम्पन्न गर्न अनुरोध गर्नु भयो।
त्यसैगरी कञ्चन गापा योजना शाखा प्रमुख चन्द्रमणी घिमिरेले योजना कार्यन्वयन प्रकृयाका बारे पोजेक्टर मार्फत सहभागिलाई जानकारी गराउनु भएको थियो। गापा ईन्जिनियर सुवोध जवालिले हामी कुनै सर्तमा नि दाया वाया नहुने भन्दै योजना ईस्टिमेट भित्र रहेर गर्न सम्पूर्ण उपभोत्ता समितीलाई काम गर्न अनुरोध गर्नु भयो।कञ्चन गापा लेखा शाखा प्रमुख सन्तोष गैरेले कार्य सम्पन्न संगै विल भरपाई पनि चुष्ट दुरुष्ट राख्न अनुरोध गर्दै पछी विल भरपाई नभएमा काम सम्पन्न भएनि भुत्तानि गर्न नसकिने जानकारी दिनु भयो। कार्यक्रमा वडा सदस्य लेखनाथ ढकाल जुना परियार लेखा राहादी लगाएतको उपस्थिती रहेको थियो।कार्यक्रमलाई समापन गर्दै कार्यक्रमका अध्यक्ष तथा वडा नं १ का अध्यक्ष थारुले बजेट कम भएकाले सोचे अनुरुप विकास गर्न नसके पनि आफुहरु सधै उपभोत्ता हितमा र वडाको हितमा काम गर्ने भएकाले काम गर्ने दौरान कुनै समस्या भए वडा कार्यलय सधै खुल्ला भएको जानकारी दिनु भयो। कार्यक्रम सन्चलान वडा सचीव गंगा घिमिरेले गर्नु भएको हो कार्यक्रम पाँचवटा वडामा गरिने गाउँपालिले बताएकोछ कार्यक्रममा ७२ जना को उपस्थिति रहेको थियोे कार्यक्रम वडा कार्यलयको भवनमा सम्पन्न भएको हो ।