कपिलवस्तु । राष्ट्रिय संगीतकर्मी संघ कपिलवस्तुको तेस्रो अधिवेशन तथा छैठौं साधारण सभा सम्पन्न भएको छ । सोमवार जिल्लाको बाणगंगा नगरपालिका वडा नं–८, चप्परगाउँमा रहेको यल्लो चिल्ली रेष्टुरेन्टमा कार्यक्रम सम्पन्न भएको हो । तेस्रो अधिवेशनले विमल गैरेको अध्यक्षतामा पन्ध्र सदस्यीय समिति समेत गठन गरेको छ ।
कार्यक्रम राष्ट्रिय संगीतकर्मी संघ केन्द्रिय उप–सचिव जीवन परियारको प्रमुख आतिथ्यता, केन्द्रिय सचिव थानेश्वर अधिकारी, केन्द्रिय सदस्य दिनेश रञ्जन, राष्ट्रिय संगीतकर्मी संघ लुम्विनी प्रदेश अध्यक्ष पुर्णचन्द्र परियारको विशिष्ट आतिथ्यता, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कपिलवस्तुको अध्यक्ष सारदा खनाल सचिव असिम क्षेत्रीको लगायतको आतिथ्यता रहेको थियो । कार्यवाहक अध्यक्ष विमल गैरेको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सस्थाका प्रवक्ता लेखनाथ घिमिरेको सञ्चालन र रिता खनालको स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा लोक तथा दोहोरी गायक दिनेश रञ्जनले सास्कृतीक प्रस्तुती राख्नुभएको थियो यस्तै लेखनाथ घिमिरेले भजन गाएर उपस्थीत सवैलाई नचाएर कार्यक्रमलाई थप आकषर्क पार्नुभएको थियो ।