![](http://upakaronline.com/wp-content/uploads/2023/11/398156890_667545805477625_5389318870579048130_n-670x420.jpg)
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गाका कृषकहरुले विभिन्न समयमा भएको विपदको घटनाबाट भएको क्षतिपुर्ति नगरपालिकाले नदिएको भन्दै गुनासो गरेका छन । आज शुक्रबार बाणगङ्गा नगरपालिकामा विधान व्यवस्थापन समितिले जलवायु परिवर्तनका असरहरुको बारेमा नगरका कृषक, जनप्रतिनिध, शाखा प्रमुख र कर्मचारीहरु सङ्ग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषकहरुले यस्तो गुनासो पोखेका हुन ।
जुनसुकै सरकार आए पनि कृषकहरुका समस्या र क्षतिपूर्ति प्रदान गर्न सरकार उदासीन बनेको उनीहरुको आरोप रहेको छ । कृषकहरुले समयमा मल, विउविजन उपलब्ध नभएकाले आफुहरु समस्यामा पर्दै आएको दुखेसो पोखेका हुन् भने प्राकृतिक प्रकोपले पनि कृषकहरुलाई दुख दिईरहेको उनीहरुले बताएका छन । कार्यक्रममा मल, बिउ, किटनासक औसधि लगायतका समस्या समाधान गर्न तिनै तहका सरकार असफल भएको पनि कृषकहरुले बताएका हुन ।
नगरप्रमुख चक्रपाणी अर्यालले जलवायु परिवर्तनका कारण बाणगंगामा विभिन्न समयमा देखिएका प्राकृतिक असरहरुको बारेमा प्रस्ट्याउनु भएको थियो । जलवायु परिवर्तनका कारण कृषिमा देखिएका समस्यालाई समाधान गर्न स्थानिय सरकारले सक्ने हरेक काम गर्न नगर सकारात्मक रहेको उहाँले बताउनु भएको थियो ।
कार्यक्रममा व्यवस्थापन समिति देवेन्द्र दाहाल, भगवती न्यौपाने, राधेश्याम पासवान, विमला राई पौडेयलले नेपालमा कार्वन निक्कै कम उत्पादन भएपनि विश्वका अन्य मुलुकले उत्पादन गरेको कार्वनले नेपालमा निक्कै गम्भिर असर पारेको वताउनु भएको थियो । जलवायु परिवर्तन कै कारण बालिनालिमा विभिन्न प्रकारका रोग लाग्ने बताउनु भएको थियो । जलवायु परिवर्तनको पक्षमा केन्द्र सरकार मात्र नभएर स्थानिय सरकार विशेष गम्भीर बन्नुपर्ने बताउनु भएको थियो ।
यता पशु सेवा शाखा प्रमुख राजकुमार तिवारीले सरकारले बजेटमा ल्याएका कार्यक्रमलाइ कार्यान्वयनमा ल्याउन ढिलाइ गर्न नहुने तर्फ जोड दिनुभएको थियो । एक वडा एक प्राविधिक लगायत कार्यक्रमलाइ बजेटमा मत्र नभएर कृषक सम्म पुर्याउनु पर्नेमा जोडदार माग गर्नुभएको थियो ।
नगर उपप्रमुख रिता कुमारी थारुले पनि कृषकहरुको समस्यमा नगर सचेत रहेको बताउदै हरेक बर्ष विभिन्न कार्यक्रमहरु संचालन गरेको बताउनुभयो ।
कार्यक्रममा विधान व्यवस्थापन समितिका पदाधिकारी तथा राष्ट्रिय सभाका सदस्यहरु क्रमश अनिता देवकोटा, सदस्य तारामान स्वार, सदस्य देवेन्द्र दाहाल, सदस्य भगवती न्यौपाने, सदस्य राधेश्याम पासवान, सदस्य विमला राई पौड्याल, खिमलाल देवकोटा त्यस्तै सचिवालय कर्मचारीहरु नुमराज खनाल शर्मा, प्रकाश ज्ञवाली, कृष्णप्रसाद वाग्ले र सहजकर्ता भवानी थपलियाको उपस्थिती रहेको थियो ।
प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीको संचालन तथा नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न भएको हो ।
फोटो : हेलो बाणगङ्गा नगरपालिका