‘धोके बाज हौ तिमी’ की गायिका एलिना चौहान आज सैनामैना महोत्सवमा

उपकार अनलाईन, सैनामैना । रुपन्देहीको सैनामैनामा जारीे छैठौं राष्ट्रिय सैनामैना कृषि, पर्यटन, प्रविधि तथा औद्योगिक व्यापार महोत्सवमा आज चर्चित गायिका एलिना चौहानको प्रस्तुती रहने आयोजकले जनाएको छ । चौहानको धोके बाज हौ तिमी भन्ने गित गत वर्षको मेला महोत्सवमा निकै भाइरल बनेको थियो ।

गायिका चौहान संगै लोक दोहोरी गायक विक्रमवावु विश्वकर्मा, हास्यकलाकार विष्णु जि पाण्डे (माइलावाको) प्रस्तुती रहने महोत्सवका सांस्कृतिक संयोजक कृष्ण पोखरेलले बताउनु भयो । आर्थिक विकासको राष्ट्रिय आधारः कृषि, पर्यटन, उद्योग र ब्यापार भन्ने नाराका साथ सैनामैना उद्योग बाणिज्य संघको आयोजनामा मंसिर ६ गते देखी सुरु भएको महोत्सव मंसिर १७ गते सम्म सञ्चालन हुने छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation