कपिलवस्तु । १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनीमा आर्थिक पक्षलाई पारदर्शी बनाउने आर्थिक तथा लेखा व्यवस्थापन संयोजक मोहन पाण्डेले बताउनु भएको छ । मंसिर २१ देखि पुष १ गतेसम्म हुन लागेको महोत्सवलाई उत्कृष्ट रुपमा सफल पार्नको लागि फजुल खर्च नगरि आर्थिक पक्षलाई चुस्तदुरुस्त बनाउने उहाँले बताउनुभएको हो ।
महोत्सव आयोजक संस्था बाणगंगा वेलफेयर सोसाईटीका कोषाध्यक्ष समेत रहनुभएका पाण्डेले महोत्सवमा कृषि, घरेलु, शैक्षिक लगायत उत्कृष्ट र आर्थिक अवस्था नाजुक भएकाहरुलई निशुल्क स्टल समेत प्रदान गरेको भन्दै महोत्सव बाट बचत भएको रकमलाई सामाजिक क्षेत्रमा खर्च गर्ने समेत बताउनुभयो ।
यस पटकको १४ औं कपिलवस्तु महोत्सवमा १२ औैं कपिलवस्तु डान्स आइडल, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी विभिन्न झाँकी प्रदर्शनीलगायतका विभिन्न आकर्षकहरु रहेका छन् ।