स्व. द्रोपति क्षेत्रीको निधन प्रति रास्वपा कपिलवस्तुद्वारा शोक सभा

कपिलवस्तु । बाणगङ्गा ४ का वडा सभापति जंग बहादुर क्षेत्री ज्यु को ममतामयि माता द्रोपती क्षेत्री को यहि माघ १४ गते भएको असामयिक निधनले हाम्रो सिंगो समाज नै स्तब्ध बनाएको अवस्थामा रास्वपा कपिलवस्तु द्वारा दुख प्रकट गर्दै , दिंवगत आत्मा प्रति हार्दिक श्रध्दाञ्जलि अर्पण गर्दै उक्त परिवारजनमा परेको दु:खमा धैर्यधारण गर्दै शोक लाई शक्तिमा परिणत गर्ने प्रेरणा मिलोस भनि शोक सम्वेदना प्रकट गरेका छ ।

२००५ साल असोज १२ गते जन्म लिनु भएकि द्रोपति ८० साल माघ १४ गते ७५ बषको उमेरमा महाप्रथान हुनुभयो । महाप्रस्थान भएको नवौं दिनमा हिजो माघ २२ गते रास्वपाले शोक प्रकट गरेको छ । उक्त सभामा लुम्बिनी प्रदेस प्रवक्ता कमल प्रसाद पोख्रेल ले शोक मन्तब्य दिदै हाम्रो पार्टि र हामि सदैव तापाईको पारिवार र तपाइकै साथमा रहने र उहाले देखेका सपना पुरा गर्न सधै तत्पर रहने प्रतिबध्द ब्यक्त गर्नु भएको थियो ।

उक्त शोक शभा प्रदेश प्रवक्ता कमल प्रसाद पोख्रेलको नेतृत्वमा निर्वाचन क्षेत्र नम्बर १ का सभापति हेमन्त श्रेष्ठ , निर्वाचन क्षेत्र नम्बर १ का सदस्य बिक्रम थापा, वडा नम्बर ८ का सभापति गोबिन्द जि सि,वडा नम्बर ११ का सल्लाहकार संयोजक लक्ष्मण कंडेल को उपस्थितिमा भएको शोक सभा बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासे को सन्चालनमा उक्त सभा समापन भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation