आम ब्यवसायिहरु स्वतन्त्र प्यानल लक्षमण कडेंलकेा नेतृत्व लाई समर्थन गर्दै

बाणगङ्गा । कपिलवस्तु उद्योग वाणिज्य संघको १६ औँ बार्षिक साधारण सभा सम्पन्न भएसँगै ८ औँ अधिवेशनको निर्वाचन यही माघ २७ गते तोकिएको छ । निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै उम्मेद्वारहरु उद्योगी व्यवसायीहरुलाई आफ्नो पक्षमा पार्न केहि ब्यक्ति त झन तछाड मछाड गरि लागि परेकाछन ।

उक्त निर्वाचनमा तिन तर्फका प्यानल होमिएका छन । जस अन्तर्गत एक तर्फ स्वतन्त्र प्यानल , अर्का तर्फ ५ दलिय गठ्बन्दनको प्यानल र अर्का तर्फ एमालेका प्यानल होमियका छन् भने बरिष्ठ उपाध्यक्ष मा रमेश भुषाल ले आफ्नो मत सर्वेक्षण गर्न लागेका छन । कस्ले बाजि मार्ने हो यसै भन्ने अवस्था देखिदैन तथापि अहिले सम्म पालो गरेर एमाले र काङ्ग्रेस ले नेतृत्व गर्दै आएका थिए । उनिहरुको नेतृत्वमा ब्यवसायिहरु खुसि भएको भने देखिदैन । एमाले र काङ्ग्रेस ठुला दल मानिएका कपिलवस्तु उद्योग वाणिज्य संघ मा थिलोमिलो पारिरहेको आम ब्यवसायिको गुनासो रहेको छ ।

सो कारण ब्यवसायिहरु परिवर्तन चाहान्छन उनिहरु भन्छन आज सम्म नेतृत्व पालो गरि गरि सुम्पेउ अब यि दलबाहेक अरुलाइ नेतृत्व दिन चाहान्छौ । सोहि क्रममा आम ब्यवसायिको नेतृत्व गर्दै अध्यक्ष मा लक्षमण कडेंलकेा नेतृत्व मा स्वतन्त्र प्यानल खडा गरेका छन । केहि बर्ष देखि समाज सेवा र व्यवसयिकका मुद्दामा लड्दै आएका कडेंल अहिले कपिलवस्तु उद्योग वाणिज्य सङ्घको नेतृत्व लिनेमा बिस्वस्थ छन । अहिले ति दलहरु बाट ब्यवसायिहरु आक्रोशित भएकाले उनि अब ब्यवसायिको हितमा कार्य गर्न पाउनेमा उनि बिस्वस्थ भएका हुन ।

अन्य दलहरुले पैसा खर्च गरेर प्रचारमा लागेता पनि आफु कम खर्चम गर्ने उनले बताए कम खर्च गर्नुको कारण खर्च भएको पैसा संस्था बाट १ रुपैया पनि लिन नपरोस भन्ने कडेंलकेा भनाइ छ । उनिहरु धेरै खर्च गर्छन यो रकम नेतृत्व लिएभने पनि सङ्घ बाट नै हिनामिना पार्ने हुन तेस्कारण आफुहरु बढि रकम खर्च नगर्ने कडेंलकेा भनाई छ । स्वतन्त्र प्यानल का नेतृत्व मा अध्यक्ष मा लक्षमण कडेंल , बरिष्ठ उपाध्यक्ष मा देविलाल कडेंल ,महिला उपाध्यक्ष मा सरस्वती जि सि (मोनालिसा ) , कोषाध्यक्ष मा सरद राज रेग्मि (सरोज) , सचिवमा बुद्धि सागर बेलबासे (मामा) , सह कोषाध्यक्ष मा भिम बहादुर श्रेष्ठ र पिपरा क्षेत्रगत सदस्यमा शोभाखर घिमिरे छन ।

नेतृत्व लिएपछि सदैव ब्यवसायिक का मुद्दामा तत्पर भएर लाग्ने र परिवर्तन कस्तो हुन्छ भनि देखाउने उनिहरुको भनाई छ । हिजो भएको १६ औं  साधारण सभा र आठ औ अधिवेसनमा निवर्तमान कार्यसमिति प्रति पनि अधिकाङ्स ब्यसायि आक्रोशित थिए । निर्वाचनको कार्यतालिका अनुसार २७  गते संघको निर्वाचनको मिति तोकिएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation