![](http://upakaronline.com/wp-content/uploads/2024/02/तिलक-थापा-1-670x420.jpg)
कपिलवस्तु । कपिलवस्तुका विभिन्न ठाउँ बाट लागुऔषध सहित दुई जना पक्राउ परेका छन । दुबै जनालाई विहिबार पक्राउ गरि शुक्राबार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
तौलिहवाबाट जितपुर चारनम्बर तर्फ स्कुटीमा आउँदै गरेका रुपन्देहीको बुटवलका २२ वर्षिय तिलक थापालाई ब्राउन सुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । लु ४१ प ९७६८ नम्बरको स्कुटीमा ३ ग्राम ४१० मिलिग्राम ब्राउनसुगर फेला पारेकोले स्कुटी सहित थापालाई पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
त्यस्तै विहिबार नै तौलिहवा मर्यादपुर सडक खण्डमा जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर १ भेलाई बस्ने ३० वर्षका सन्तोष टण्डनलाई पनि पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ । बा ७२ प ७३६३ नम्बरको मोटरसाईकलमा लुकाई राखेको लागुऔषध सहित फोला पारिएकोले मोटरसाईकल सहित उनलाई पनि पक्राउ गरि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।