![](http://upakaronline.com/wp-content/uploads/2024/02/Goli-768x431-1-670x420.jpg)
दाङ । दाङमा गोली चलेको छ । घोराही उपमहानगरपालिकाको दामोदर चोकमा ड्यूटीमा खटिएकी महिला प्रहरी धनमायाँ गुरुङ गोली लागेर मृत्यु भएको छ ।
उनलाई उनकै श्रीमानले गोली हानेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । घटना करिब साढे ७ बजे भएको हो । गोली हानेर भाग्दै गरेका यमबहादुर झाँक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । झाँक्री नेपालगञ्जमा कार्यरत प्रहरी रहेको प्रहरीले बताएको छ ।