![](http://upakaronline.com/wp-content/uploads/2022/09/petrol-disel-pump-petrolium-noc-oil-1-670x420.jpg)
काठमाडौ । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । डिजेल मट्टितेल र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको हो ।
निगमले बिहीबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर १ रुपैयाँ ८३ पैसा र डिजेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ ५६ पैसाले बढाएको जनाएको छ । निगमका अनुसार हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत छ । सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ।