दाङमा सिकार खेल्न गएका एक युवककाे बन्दुकले लागेर ज्यान गयाे

दाङ ।  दाङमा सिकार खेल्न गएका एक जनाको ज्यान गएको छ । बन्दुकले लागेर बबई गाउँपालिका–४ घर भएका विमल भनिने २४ वर्षका तेजलाल खत्रीको गएराति ज्यान गएको इलाका प्रहरी कार्यालय खितलपुर दाङले जनाएको छ ।

सिकार खेल्न खत्रीसहित ११/१२ जनाको समूह शान्तिनगर गाउँपालिका–१ को वनमा जाने क्रममा मल्ले छहरे खोलामा घटना भएको प्रहरीको भनाइ छ ।

घटनापछि समूहमा रहेकाहरुको खोजी भइरहेको प्रहरी निरीक्षक अजयजङ थापाले जानकारी दिनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation