अर्घाखाँचीमा खाना पकाउने क्रममा आगोमा जलेकी वृद्धको मृत्यु

अर्घाखाँची ।  घरमा खाना पकाउने क्रममा आगोमा जलेकी एक वृद्धको मृत्यु भएको छ। गत सोमबार आगोले जलेकी ती वृद्धाको उपचारका क्रममा आइतबार मृत्यु भएको हो।

छत्रदेव गाउँपालिका–७, काउलेकी ८१ बर्सिया वृद्धाको आगोमा जलेर मृत्यु भएको हो। आगोले जलेर गम्भीर घाइते भएकी पार्वती पाण्डेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विक्रम रिजालले जानकारी दिए।

गत सोमबार घरमा खाना पकाउने क्रममा पाण्डेलाई आगोको लपेटाले फेला पार्दा गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा मिसन अस्पताल तानसेनमा आज बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation