खेतमा गाडेको अवस्थामा कपिलवस्तु नगरपालिकामा शव फेला

 कपिलवस्तु । कपिलवस्तु नगरपालिकामा वेवारिसे शव फेला फरेको छ । नगरपालिकाको वडा नम्बर ४ पिपरीस्थित खेतमा गाडेको अवस्थामा शव फेला परेको घटनास्थलमा पुगेका पत्रकार गुलाम अलीले बताए । उनका अनुसार शव रहेको थाहा भएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो ।

खेतको बीचमा रहेको कुलोजस्तो भागमा खनेर शव गाडेको देखिन्छ । स्थानीयले शव रहेको आसंका गरेपछि प्रहरीको टोली त्यहाँ पुगेर खन्ने काम सुरु गरेको थियो । तर रात परेपछि अहिले शव निकाल्ने काम स्थगित गरिएको पत्रकार अलीले बताए ।

सुरुमा शंकास्पदजस्तो देखिए पनि पछि मान्छेको हात नै देखिएपछि शव रहेको पुष्टि भएको पत्रकार अलीले बताए ।

घटनाबारे अनुसन्धान भइरहेको र विस्तृत विवरण भोलिमात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय तौलिहवाप्रहरीको भनाई छ । शव फेला परेपछि घटनास्थलमा स्थानीयको भीँड पनि बढेको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation