![](http://upakaronline.com/wp-content/uploads/2024/02/kursi-for-upakar-670x420.jpg)
कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा बाट ठुलो मात्रामा अवैध कुर्सी बरामद भएका छन । बाणगङ्गाको ठाकुरापुर बाट एउटा घरमा २ वटा कोठा भाडामा लिइ राखेको अवस्थामा प्लास्टिकका ६३४ पिस कुर्सी बरामद गरिएको ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले उपकार अनलाइन सङ्ग बताउनुभयो ।
साईकलमा बेच्न लगेको अवस्थामा सङ्का लागेपछि एक व्यवसायीले प्रहरीलाई खबर गरेको थिए । त्यस लगत्तै ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख रायमाझीको कमान्डमा खटिएको प्रहरी टोलिले उक्त कुर्सी बरामद गरेको हो ।
कुर्सी बेच्ने काम गर्ने भारतको उत्तर प्रदेशका मबि अहमतलाई पक्राउ गरेपनि मुख्य व्यपारीलाई भने प्रहरीले पक्राउ गर्न सकेको छैन । त्यस्तै बेच्ननको लागि प्रयोग भएका ६ वटा साईकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको उक्त कुर्सी अहिले आवश्यक कारबाहिको लागि बाणगंगा नगरपालिकामा पठाईको प्रमुख रायमाझीले बताउनुभयो ।