कपिलवस्तु । कपिलवस्तुका सञ्चारकर्मी विष्णु खरेलले आफ्नो जन्मदिनको आवसरमा चारनम्बर चोकमा राष्ट्रिय झण्डा राखेका छन । चोकमा रहेको झण्डा केहि समय अघि च्यातिएर झरेको थियो । अहिले भने चोकमा राष्ट्रिय झण्डा फहराएको छ ।
जन्मदिनलाई तडकभडक तरिका बाट मनाउने परम्परालाई निरुत्साहित गर्दै सामाजिक कार्य गर्ने उद्देश्यले झण्डा विहीन रहेको चारनम्बर चोकमा झण्डा राखिएको उनले बताएका छन । आफुले विगतका जन्मदिनमा पनि सामाजिक कार्य गरेको स्मरण गर्दै आगामि दिनमा पनि यस्ता कार्यलाई निरन्तरता दिने उनले प्रतिबद्धता समेत जनाएका छन ।
नेपालको राष्ट्रिय झण्डा अनावरण कार्यक्रममा रेडियो मायादेवीका स्टेसन म्यानेजर पिताम्बर घिमिरेको शुभकामना, चेतन विष्टको सञ्चालन रहेको कार्यक्रममा २५ जनाको उपस्थिती रहेको थियो ।