खुसी जीवन संस्थाले दियो मोतिपुरका २ सय विपन्न परिवारलाइ न्यानो कपडा

कपिलवस्तु । खुसी जीवन संस्था बुटवलद्वारा कपिलवस्तुको बाणगंगा स्थित मोतिपुरको बाडिगाउँ सुकुम्बासी टोलमा २ सय गरिब तथा विपन्न परिवारलाई लुगा वितरण गरेको छ । बुधवार सञ्चारकर्मी तथा राष्ट्रिय सङ्गीतकर्मी संघ कपिलवस्तुकी महिला उपाध्यक्ष रिता खनालको संयोजकत्वमा कपडा प्रदान गरिएको हो ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरीले स्थानिय निकालयले गर्नुपर्ने काम विभिन्न संघसंस्थाले गर्नु निक्कै प्रशंसनीय रहेको बताउनुभयो । आफ्नो वडाका नागरिहरुलाई सहयोग गरेको भन्दै उहाँले धन्यवाद समेत दिनुभयो ।

कार्यक्रममा मोतीपुर फुलबारी सामुदायिक बनका अध्यक्ष जयलाल गिरी, उक्त संस्थाका केन्द्रीय अध्यक्ष महेन्द्र विस्वकर्मा, सल्लाहकार ज्ञान बहादुर गहतराज, राष्ट्रिय संगितकर्मी संघका कोषाध्यक्ष राजेन्द्र थापा, लगायतको उपस्थिती रहेको थियो ।

संस्थाले लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा सचेतनामुलक सडक नाटक प्रस्तुत गर्नुका साथै असहाय, गरिब तथा विपन्न समुदायमा आधारित सेवामूलक कार्यहरु गर्दै आएको उक्त संस्थाका केन्द्रीय अध्यक्ष महेन्द्र विस्वकर्माले बताउनुभयो । उक्त महान कार्यका लागी स्थानिय निकाय संघ सस्था तथा पत्रकारको सहयोग अपरिहार्य रहेको उहाँले बताउनुभयो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation