लक्ष्मणघाटमा दसैँको मुर्ति विसर्जनमा हत्या गरि फरार रहेका ३ जना पक्राउ

कपिलवस्तु । २०७४ सालको दसैँमा मुर्ति विसर्जनको क्रममा एक जनाको हत्या गरि फरार रहेका बाणगंगाका ३ जनालाई पिपरा प्रहरीले पक्राउ गरेको छ । २०७४ साल आसोजको १५ गते लक्ष्मणघाटमा मुर्ति विसर्जनको क्रममा उनीहरुले राम बहादुर थारुको कुटपिट गरि हत्या गरेका थिए ।

पक्राउ पर्नेहरुमा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ६ अमौली निवासी २८ वर्षका तुल्सीराम थारु, सोहि ठाउकै २६ वर्षीय शिव शंकर भनिने शालिकराम थारु र सोहि ठाउँकै २६ वर्षीय अनिल थारु रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रमुख गोपाल जङ्ग रायमाझीले बताउनुभयो ।

कपिलवस्तु जिल्ला अदालत तौलिहवाबाट २०७६ पाँच महिना १० गते कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्धामा जनही ९ वर्ष कैद फैसला भई फरार रहेका उनीहरुलाई पक्राउ गर्न सफल भएको रायमाझीले बताउनुभयो । अहिले उनीहरुलाई तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार चलान गरिएको छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation