काठमाडौं । नेपाल ‘ए’ टीमलाई पराजित गर्दै क्यानडाले एकदिवसीय सिरिज जितेको छ । बिहीबार भएको तेस्रो खेलमा नेपाल ‘ए’ टीमलाई ४ विकेटले पराजित गर्दै क्यानडाले सिरिज आफ्नो पक्षमा पारेको हो ।
यसअघि मुलपानी क्रीकेट मैदानमा क्यानडाविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ टीम ४७ ओभरमा १८१ रनमा समेटिएको थियो ।
नेपालका लागि अशुन्तोष घिरैयाले २८, बसिर अहमदले २५, अर्जुन कुमारले २७, सुजन थपलियाले २०, रसिद खानले १९, प्रतिश जिसीले १९, कप्तान सन्दीप जोराले २४ र हेमन्त धामीले ६ रनको योगदान दिएका थिए । शेर मल्ल र शाहब आलम शून्य रनमा आउट भए । सागर ढकाल १ रनमा अविजित रहे ।