![](http://upakaronline.com/wp-content/uploads/2024/02/429652852_815021967320852_5871655671908822483_n-670x420.jpg)
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत पहिलो त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग पराजित भएको छ। आइतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालमाथि नेदरल्याण्ड्सले ८ विकेटको जित निकालेको हो।नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७।५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। घरेलु मैदानमै भएको लिग २ मा नेपालको यो तेस्रो हार हो।
जितसँगै नेदरल्याण्ड भने दोस्रो स्थानमा उक्लिएको छ।नेदरल्याण्डले एक खेल नामिबिया र एक खेल नेपाललाई जितेको हो।
नेदरल्याण्डको जितमा विक्रमजित सिंहले नट आउट ५८ रनको अर्धशतकीय पारी खेले। त्यस्तै साइब्रान्द इंगलबेच्टले नट आउट ४६ रन बनाए।
क्याक्स ओदोद २८ र माइकल लेविटले ३९ रन बनाए। बलिङमा नेदरल्याण्डका भिभान किंगमा र आर्यन दत्तले समान ३र३ विकेट लिए। त्यस्तै बास डि लिडेले २ र रोलेफ भान डर मेरेले १ विकेट लिए।
नेपालका लागि कुशल भुर्तेलले ६६ रनको अर्धशतकीय पारी खेले। करण केसी २६, आरिफ शेख २२, आसिफ शेख १७, रोहित पौडेल १६ रनमा आउट भए।
कप्तान रोहितले कुल चार खेलमा उल्लेख्य प्रदर्शन गर्न सकेनन्। अन्य ब्याटरले दोहोरो स्कोर छुन सकेनन्। यता बलिङमा पनि नेपालले बिर्सनलायक प्रदर्शन गर्यो। ललित राजबंशीले एक दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए।
नेपाल पहिलो खेमला नामिबियासँग ४ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। तेस्रो खेलमा नामिबियासँग २ विकेटले पराजित बनेको नेपालले चौथों खेलको नतिजा भने नेदरल्याण्ड्सलाई सुम्पिन पुगेको छ ।