तोकियो नेपाली क्रिकेटरको पारिश्रमिक, रोहितसहित ६ जनाले मासिक १ लाख तलब पाउने

काठमाडौ । ‘ए ग्रेड’मा परेका ६ जना राष्ट्रिय क्रिकेटरले मासिक १ लाख रूपैयाँ पारिश्रमिक पाउने भएका छन् ।नेपाल क्रिकेट संघ क्यानको केन्द्रीय कार्यसमिति बैठकले कप्तान रोहित पौडेलसहित ६ खेलाडीले मासिक १ लाख रुपैयाँ पारिश्रमिक पाउने गरी निर्णय गरेको हो ।

‘ए ग्रेड’मा रोहितका अलावा सोमपाल कामी, करण केसी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख र कुशल भुर्तेल छन् । त्यसैगरी ‘बी ग्रेड’का खेलाडीले मासिक ७० हजार पारिश्रमिक पाउनेछन् । ‘बी ग्रेड’मा कुशल मल्ल, गुल्सन झा, भीम सार्की, ललितनारायण राजवंशी, आरिफ शेख र अविनाश बोहरा छन् ।

यस्तै, ‘सी ग्रेड’मा ५५ हजार पारिश्रमिक पाउने गरी विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा र प्रतिश जीसी समेटिँदा दीपेश कंडेल, रुपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन घर्ती र हेमन्त धामी इमर्जिङ क्याटोगरीमा छन् । उनीहरूले मासिक २५ हजार पारिश्रमिक पाउनेछन् ।

महिलातर्फ ३ जना ‘ए ग्रेड’मा परेका छन् । उक्त ग्रेडका इन्दु बर्मा, रुविना क्षेत्री र सीता राना मगरले मासिक ५० हजार पारिश्रमिक पाउनेछन् ।

हेर्नुहोस्, अरू कसको कति तलब ?

null

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation