कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नं.२ ले बुधवार (आज) टोल विकास संस्था स्तरिय तीज गीत प्रतियोगीता सम्पन्न गरेको छ ।
हिन्दु नारीहरुको महानचार्ड हरितालिका तीजको अवसर पारेर स्थानीय कला संस्कृतिको संरक्षण र पर्वद्धन गर्नका लागि तीज गीत प्रतियोगीता आयोजना गरेको वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी गराउनुभायो ।
‘समृद्ध बाणगंगाको मुलआधार आर्थिक सामाजिक रुपान्तरण सहितको पुर्वधार’ भन्ने मूल नारा लिएर आयोजना गरिएको तिज गीत प्रतियोगीतामा कप्टैया टोल विकास संस्थाले प्रथम स्थान, राजपुर टोल विकास संस्थाले द्धितिय स्थान, राधाकृष्ण कलौनि टोल विकास संस्थाले तृतिय स्थान र नव जागृति टोल बिकास संस्थाले सान्तवना स्थान हासिल गरेका छन् । विजयीे सवैलाई प्रमाण र नगद सहित सम्मान गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथी बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले तीजको मौलिकता हराउँदै गएको र नारीहरुको महान पर्व हरितालिका तीजमा पहिले जस्तो मौलिकता नझल्कने भन्दै चिन्ता व्यक्त गर्नुभयो । यस्तै विशिष्ट अतिथी नगर उप–प्रमुख रिता कुमारी चौधरीले तीजमा भित्रिएको विकृतिलाई हटाउँदै जान आवश्यक रहेको दर्शाउदै । पछिल्लो समय तीजका गितहरु घर, परिवारसंग बसेर हेर्न, सुन्न नसकिने अवस्थामा पुगेको जानकारी गराउनुभयो ।
वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले नारिहरुको महान पर्व तीजलाई मौलिकता झल्किने गरि मनाउन आवश्यक रहेको बताउदै । वडाले परम्परागत रुपमा नारिहरुले मनाउँदै आएको पर्व तीजलाई विगतदेखि नै संरक्षण प्रदान गर्न विभिन्न कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता गर्नुभयो ।
कार्यक्रममा लोक तथा दोहोरीगायक पुर्णचन्द्र परियारले कार्यक्रम सञ्चालन गर्दै कार्यक्रमको विच विचमा आफ्ना सास्कृतीक प्रस्तुती राख्दै मनोरन्जन प्रदान गर्नुभएको थियो ।