कोहलपुरबाट महिला हत्या आरोपमा पक्राउ

नेपालगन्ज । महिला हत्याको आरोपमा बाँकेको कोहलपुरबाट एक जना पुरुष पक्राउ परेका छन् । बारबर्दिया नगरपालिका ९ बनगाई बस्ने २७ वर्षीया उर्मिला चौधरीको हत्या गरेको आरोपमा कोहलपुर–२ मुक्तिनगर बस्ने ४५ वर्षीय रामसिंह थारुलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

यही फागुन १८ गते बिहान ७ बजेतिर बैजनाथ ५ स्थित बनकट्टीदेखि जिगाउँ जाने भित्री बाटोमा चौधरीको शव फेला परेको थियो ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उक्त घटना कर्तव्य गरी मारेको हुनसक्ने देखिएकोले सूक्ष्मरूपमा अनुसन्धान गर्दा चौधरीलाई थारुले फागुन १७ गते राति घाँटी थिची मारेको खुल्न आएकोले नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले बताए ।

बाँके जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भैरहेको डीएसपी तिवारीले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation