नयाँ गठबन्धनका सबै दलले पहिलो चरणमा एक/एक मन्त्री पठाउने

काठमाडौ । नयाँ सत्ता गठबन्धन बनेपछिको नयाँ मन्त्रिपरिषद्‌मा गठबन्धनमा रहेका सबै दलले एक/एक जना मन्त्री पठाउने भएका छन् । नयाँ गठबन्धनमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, रास्वपा र जसपा छन् । यी चारै पार्टीबाट एक/एक जना मन्त्री पठाउने बालुवाटारमा सहमति भएको हो ।

बालुवाटारमा प्रधानमन्त्रीसहित नयाँ गठबन्धनका शीर्ष नेताहरूबीच भएको छलफलमा पहिलो चरणमा एक/एक जना मन्त्री पठाउने सहमति भएको हो । गठबन्धनका तीन दलले एक/एक जना मन्त्रीको नाम टुंगो लगाए पनि जसपाले भने नाम दिएको छैन । माओवादी केन्द्रबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाबाट डोलप्रसाद अर्याल मन्त्री बन्ने भएका छन् ।

गठबन्धनको फेरि आजै साढे २ बजे बैठक बस्ने र लिखित समिति पनि त्यतिबेलै सार्वजनिक गरिने बताइएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation