![](http://upakaronline.com/wp-content/uploads/2024/03/430211101_434825612405350_8473138473851689660_n-670x420.jpg)
उपकार अनलाइन, सैनामैना ।
रुपन्देहको सैनामैनामा रहेको गोरखनाथ सामुदायिक सिकाई केन्द्रले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको पुर्व सन्ध्यामा विद्यालयमा अध्ययनरत महिलाहरुलाई बुधवार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सैनामैना नगरप्रमुख फणेन्द्र प्रसाद शर्माले महिलाहरूको एकताले मात्रै संविधानले सुनिश्चित गरेको अधिकार उपयोग गर्न सहज हुने बताउनु भयो । यस्तै विशिष्ट अतिथी सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले आफ्नो अधिकार प्राप्तिका लागि महिलाहरू स्वयम आफै अग्रसर हुनुपर्नेे जोड दिनुभयो ।
कार्यक्रममा सैनामैना–८ का वडा अध्यक्ष बुद्धिराम चौधरी, सैनामैना–१० का वडा अध्यक्ष कृष्ण प्रसाद घिमिरे , सहिद नारायण पोख्रेल रामापुर बहुमुखी क्याम्पसका अध्यक्ष यदुलाल पन्थ, रेडियो सैनामैनाका अध्यक्ष कमला न्यौपाने, कान्तिपुर मन्टेश्वरी बुटवलका कार्यकारी निर्देशक साधाना भण्डारी लगायतले महिलाहरु सीप, ज्ञान आर्जन गरी आर्थिक पाटो बलियो बनाएर अघि बढ्न सकिने बताउनुभयो ।
सम्मनित हुँदै मिना तिवारी र लक्ष्मी बस्यालले गोरखनाथ सामुदायिक सिकाई केन्द्रले अक्षर चिन्न अवसर दिएर आफुहरुको सिकाईमा फाइदा मिलेको बताउनु भएको थियो सोहि अवसरमा सैनामैनामा रहेका महिला सञ्चारकर्मीहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रम गोरखनाथ सामुदायिक सिकाई केन्द्रका अध्यक्ष लता खड्काको अध्यक्षता सैनामैना नगरपालिका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, उपप्रमुख विना रानाको विशिस्ट आतिथ्यता, शिक्षिक सिर्जना न्यौपानेको संचालनमा सम्मान कार्यक्रम सप्पन्न भएको थियोे । “महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने नाराका साथ“ मार्च ८ तारिख अर्थात फागुन २५ गतेका दिन विश्वभर ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसे मनाईदैछ ।