![](http://upakaronline.com/wp-content/uploads/2024/03/pic_9KGpAqEfx5-670x420.jpg)
काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभयो ।राष्ट्रिय सभाको अध्यक्षका लागि आजै भएको मतदानमा दाहालको पक्षमा ३९ र विपक्षमा १७ मत खसेको थियो । दाहालले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
दाहालका प्रतिस्पर्धी राष्ट्रिय सभा सदस्य कांग्रेसका युवराज शर्मा पराजित हुनुभयो । कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का तर्फबाट उम्मेदवार बन्नुभएका शर्माको पक्षमा १७ मत र विपक्षमा ३९ मत खसेको थियो ।