उपकार अनलाइन, रुपन्देही ।
सैनामैना होटेल ब्यवसायी संघको आयोजामा होलीको अवसरमा होली मिलन कार्यक्रम आयोजना गरेको छ । होली पर्व एक पौराणिक पर्व भएकोले सबैले एक आपसमा सद्भाव कायम गर्दै रंगको पर्व सबैले उल्लासमै तरिकाले होली मनाउन सैनामैना नगर पालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले शुभकामना ब्यक्त गर्दै बताउनु भएको छ ।
होली एउटा भाईचारा, सदभाव र रंगको पर्व भएको र यसको आफ्नै धार्मिक मान्यता रहेकोले सबैले सब्भ र मर्यादित भएर होली पर्व मनाउन सैनामैनाका संस्थापक नगर प्रमुख चित्र बहादुर कार्कीले आग्रह गर्नु भएको छ । साथै होलीको अवसरमा कार्कीले सबैमा शुभकामना समेत ब्यक्त गर्नु भएको थियो ।
सैनामैनामा उपप्रमुख विना रानाले होली पर्वको शुभकामना ब्यक्त गर्दै यस प्रकारको कार्यक्रमले सबैमा एक भएर संगै सहकार्य गरेर अगाडि बढ्ने भावनाको बिकास हुने बताउनु भयो । होली पर्वको अवसरमा सबै होटेल ब्यवसायीहरु, जनप्रतिनिधि समाजसेवी लगायत सबैसंग सद्भाव पुर्ण भावनाको बिकास गर्न र रंगको पर्व एक आपसमा मनाउने उद्देश्यले होली मिलन कार्यक्रम आयोजना गरिएको सैनामैना होटेल तथा रेष्टुरेन्ट ब्यवसायी संघ सैनामैनाका अध्यक्ष झबिन्द्र पोखरेलले बताउनु भएको छ ।
कार्यक्रममा सैनामैनाका वडाअध्यक्ष राम प्रसाद भुषाल, कृष्ण प्रसाद घिमिरे, सैनामैना उधोग बाणिज्य संघका अध्यक्ष प्रेम बहादुर खड्का, सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल , उपभोक्ता हित संरक्षण मंच सैनामैनाका अध्यक्ष दुर्गा गौतम, होटेल ब्यवसायी संघका केन्द्रीय सचिव नारायण सेन, होटेल ब्यवसायी संघ सैनामैनाका संरक्षक ढुण्डी न्यौपाने लगायतले होली पर्वको शुभकामना ब्यक्त गर्नु भएको थियो