प्रदिप ज्ञवाली, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको रेडक्रस सोसाइटी दुधराक्ष उपशाखाले आइतवार एक कार्यक्रमको आयोजना गरि नव वर्ष २०८१ को भित्तेपात्रो विमोचन तथा शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले भौतिक विकास सङ्गसङ्गै मानविय सामाजिक सेवाको भावनाको विकासको पनि वर्तमान समयमा आवश्यकता रहेको बतागनुभयो । संस्थाले गरेका सकारात्मक कामको प्रशंशा गर्दै केहि सुझावहरु पनि मेयर शर्माले दिनुभएको थियो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि रेडक्रस लुम्बिनी प्रदेश सभापति कृष्णप्रसाद पङ्गेनीले सैनामैनामा रेडक्रसले धेरै राम्रा कार्यहरु गर्दै आइरहेको बताउनु भयो । कार्यक्रममा सैनामैना नगरपालिका वडा नं ८ का अध्यक्ष बुद्धिराम चौधरी , सहिद नारायण पोखरेल रामापुर क्याम्पसका अध्यक्ष यदुलाल पन्थ , रेडक्रस पर्रोहा उपशाखा सभापति मिना भण्डारी , सहिद नारायण पोखरेल रामापुर क्याम्पसका प्राध्यापक प्रेम पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
भित्तेपात्रो प्रकाशन कार्य सह–सचिव दिनेश घिमिरेको संयोजकत्वमा भएको हो । कार्यक्रम रेडक्रस दुधराक्ष उपशाखा सभापति बिष्णु अर्यालको सभापतित्व, सैनामैना नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता , रेडक्रस लुम्बिनी प्रदेश सभापति कृष्णप्रसाद पइ्गेनीको विशिष्ट आतिथ्यता , विभिन्न सङ्घ सस्थका प्रतिनिधि , सोसाइटीका समिति एवम् सल्लाहकार , विद्यार्थी, शिक्षक , लगायत १ सय ७६ जनाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रम सोसाइटीका सह–सचिव दिनेश घिमिरेको स्वागत एवम् सचिव धनश्याम पाण्डेको सञ्चालनमा सहिद नारायण पोखरेल रामापुर क्याम्पसको हलमा सम्पन्न भएको हो ।