लुम्विनीका मुख्यमन्त्री महरासँगै ३ मन्त्रीले लिए सपथ

बुटवल । लुम्बिनी प्रदेशका ५ औँ मुख्यमन्त्रीको रुपमा जोखबहादुर महराले सपथ ग्रहण गरेका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता महराले आइतबार मुख्यमन्त्रीको सपथ ग्रहण गरेका छन्।

लुम्विनी प्रदेशका ४८ जना प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित मुख्यमन्त्रीको दावी पेश गरेका महरालाई लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गत सुक्रवार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेका थिए। महरालाई एमालेका २९, माओवादीका १०, नाउपाका ४, जसपाका ३, नेकपा एसका १ र स्वतन्त्र १ सांसदले महरालाई समर्थन गरेका छन्।

महरासंगै नेकपा एमालेका संसदीय दलका उपनेता चेतनारायण आचार्य र सत्तासाझेदार दलहरुबाट भण्डारीलाल अहिर यादव तथा नेकपा माओवादी केन्द्रका सांसद दिपेन्द्र पुन ९सिजल०ले मन्त्री पदको सपथ ग्रहण गरेका छन्। अहिले मन्त्रि नियुक्त भएका कसैलाई पनि मन्त्रालयको जिम्मेवारी दिईएको छैन। महराले आफुले सपथग्रहण गरेसंगै सत्तासाझेदार दलहरुको तर्फबाट सानो आकारको मन्त्रिमण्डल बनाएका हुन्।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation