टिका खरेल, सैनामैना ।
रुपन्देहीको सैनामैनामा रहेको सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले बनकट्टा चोक महेन्द्र राजमार्ग देखि करिब २ कि.मि. उत्तर श्री नं. २ तालिम केन्द्र आर्मी क्याम्प मुनी उत्तर दक्षिण बग्ने बौराहा खोला किनारमा रहेको सैनामैना सामुदायिक बन उपभोक्ता समितिबाट संरक्षित बन क्षेत्रको करिब १०–१२ बिगाहा क्षेत्रफलमा रहेको जग्गामा रिचार्ज पोखरी निर्माणका लागी सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम गरेको छ ।
बढ्दो प्राकृतिक बिपत्ति (जलबायु परिवर्तन, भुकम्प, बाढी पहिरो लगायत बिभिन्न) परिस्थीतिका कारण जमिन र जमिन मुनि रहेको पानीको स्रोतको मुहान दिन प्रतिदिन सुक्दै जाने अवस्था र जनसंख्या बृद्धि, बसाईसराई, बढ्दो भौतिक निर्माणका कार्यहरुका कारण दैनिक बढ्दो पानीको उपभोग बढ्दो अवस्था र पानीको आपुर्ति र स्रोतको ब्यवस्थापन नभएका कारण दैनिक जिवनमा पानीको कारण हुन सक्ने सम्भावीत असर र प्रभावहरु असंख्य रुपमा बढ्दो क्रममा देखिएकोले यसको रोकथामको लागी रिचार्ज पोखरी निर्माणको योजना बनाइएको सैनामैना खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष एक बहादुर क्षेत्रीले बताउनु भयो । यस परिस्थीतिलाई समयमै ब्यवस्थापन गर्न सकिएन भने पानीको अभावले आगामी दिनहरु र दैनिकि जिवन प्रभावीत हुन गई सामाजिक, आर्थिक र शारिरिक अवस्थामा बिचलन आउने निश्चित देखिएकोले समयमै सचेत हुनुपर्ने समेत क्षेत्रीको भनाई थियो ।
जमिन र जमिन मुनि रहेको पानीको स्रोत पुर्नभरण, सुन्दर र हरियाली बातावरण निर्माणमा सबै सरोकारवालाको ध्यान पुग्न अति जरुरी रहेको खानेपानी तथा डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर आदित्य धितालले बताउनु भयो । सैनामैनालाई नै लक्षित गरी योजना रहेको र त्यसै योजना अन्तरगत रहेर बहुउद्देश्य, बहुआमायिक रिचार्ज पोखरी निर्माण गर्न सकिने समेत ईन्जिनियर आदित्य धितालको भनाई थियो ।
पानीको मुहान सुक्न नदिन बहुउद्देश्य रिचार्ज पोखरी निर्माण गर्ने रणनितिक योजना र सम्भाब्यता खोजी गरि ठोस रुपमा कार्य योजना बनाई साझा अवधारणा र प्रतिबद्धता सहित सम्बन्धीत सरोकारवालाहरु संग समन्वय र सहकार्य गरि गुरु योजनाका साथ बृहत बहुउद्देश्य, बहुआयामिक रिर्चाज पोखरी तथा पार्क निर्माणको अवधारणा अगाढी बढाउने, गुरुयोजना तर्जुमा गर्ने तथा योजनाको लागत खर्चको लागी बजेट ब्यवस्थापन गर्न महत्वपूर्ण बिषयहरुमा सामुहिक प्रतिबद्धता, साथ सहयोग र समर्थन सहित ऐक्यबद्धताको आवश्यक्ता महशुस गरी अन्तरक्रिया कार्यक्रम गरिएको संस्थाका सचिव शुशिल भण्डारीले बताउनु भयो । दिर्घकालिन रुपमा यस आयोजनालाई बहु आयामिक, बहुउद्देश्य रिचार्ज पोखरी, पार्क फुलबारी तथा अन्य सम्भावीत आवश्यक्ता पहिचान गरि एकिकृत रुपमा रिचार्ज पोखरी स्थापना गर्न सके यस क्षेत्रमा आन्तरिक पर्यटक तथा बाह्य पर्यटकहरुको आर्कषण बढ्ने र हरेक पक्षबाट समग्र रुपमा यो क्षेत्रको बिकास हुने हुनाले पोखरी निर्माणमा सबैको साथ र सहयोग हुनुपर्ने बहुउद्देश्य बहुआमायिक रिचार्ज पोखरी निर्माण सम्भाब्यता अध्ययन समितिका संयोजक कमला बिश्वकर्माले बताउनु भयो ।
जमिन र जमिन मुनि रहेको पानीको स्रोत पुर्नभरण,सुन्दर र हरियाली बातावरण निर्माणमा टेवा पुग्नुको साथै कृषि तथा सिचाई प्रबद्धन र पार्क सहितको अवधारणा हुने भएकाले सोबाट आन्तरिक पर्यटन प्रबद्र्धन समेत टेवा पुग्ने अन्तरक्रियामा सहभागीहरुले बताएका थिए । कार्यक्रममा यस क्षेत्रका जनप्रतिनिधि, श्री नं. २ तालिम केन्द सैनामैनाका प्रतिनिधि, खानेपानी तथा डिभिजन कार्यालय रुपन्देहीका ईन्जिनियर तथा प्राबिधिक, खानेपानी संस्थाका पदाधिकारी एवं उपभोक्ता, जिल्ला बन कार्यालयका प्रतिनिधि, रानैतिक दल, समाजसेवी एवं सरोकारवाला सबैको सहभागीतामा अन्तरक्रिया कार्यक्रम सैनामैना खानेपानी संस्थाको सभाहल सैनामैना १ मा सम्पन्न भएको थियो ।