प्रभात इङ्गलिस स्कूलकोे नतिजा प्रकाशन तथा पुरस्कार वितरण

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ४ मा रहेको प्रभात इङ्गलिस बोर्डिङ्ग स्कूलले शैक्षिक सत्र २०८० सालको नतिजा प्रकाशन गरेको छ । बिहिबार विधालयमा एक कार्यक्रमको आयोजना गरि वार्षिक नतिाजा प्रकाशन, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

प्रभात इङ्गलिस स्कूलका प्राचार्य अनन्तराम शर्माको अध्यक्षता सैनामैना नगरपालिकाका वडा नं। ४ का पूर्वअध्यक्ष धन बहादुर कार्कीको प्रमुख आतिथ्यता एंव विद्यालयका कार्यकारी प्रमुख ९सिइओ० मिना भण्डारीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा सैनामैना नगरपालिकाका वडा नं. ४ का पूर्वअध्यक्ष धन बहादुर कार्कीले शैक्षिक सुधारमा निजी विद्यालयले खेलेको भुमिका प्रशंसनिय रहेको बताउनुभयो । प्रभात स्कूलले बालबालिकालाई किताबी ज्ञान सँगै व्यवहारिक शिक्षालाई जोड दिदैँ असल र सफल विद्यार्थी उत्पादनमा अभिभावकहरुले पनि आफ्ना बालबालिकाको शैक्षिक अवस्थाबारेमा जानकारी राख्नुपर्ने बताउनुभयो । उत्कृष्ट हुने पुरस्कार वितरण र सम्मानले विद्यार्थीहरुलाई हौसला बढाउन र उत्साह जगाउन र अभिभावकलाई उच्च स्तरको शिक्षा हासिल गर्न अभिभावकहरुलाई आफ्ना छोराछोरीको शैक्षिक उपलब्धि हासिल गर्दा अझ बढी जिम्मेवारी बोध र पढाइलाई विशेष ध्यान दिन पनि कार्यत्रम महत्वपूर्ण हुने बताउनुभयो ।
प्रभात इङ्गलिस स्कूलका प्राचार्य अनन्तराम शर्माले विद्यालयले पश्चिम क्षेत्रमा उत्कृष्ट नातिजा दिन सफल हुदैँ आएको बताउनुभयो । विद्यालयले शैक्षिक उपलब्धि प्राप्त गर्न विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, कर्मचारी लगायत सबै पक्षको सहकार्यमा विद्यालय उत्कृष्ट हुदैँ देशमै पहिचान बनाउन सफल भएको बताउँदै आफ्ना छोराछोरीको पढाईको बारेमा बुझ्ना कम्तिमा एकपटक विद्यालयमा अभिभावक पुग्नुपर्ने जोड दिनुभयो । अहिलेको प्रतिस्पर्धी समयमा सीप र संस्कारयुक्त नैतिक शिक्षा आजको आवश्यकतालाई मध्यनजर गर्दै विद्यालयले सोही अनुरुपको सिकाइ सिकाउदै अघि बढेकाले अभिभावकले विद्यार्थीको नतिजाको अंकलाई मात्र मापन नगरेर विद्याथीले सिकेका नैतिक शिक्षालाई उपलब्धि मान्नुपर्ने भन्दै आफ्ना बालबालिकालाई बढी भन्दा बढी समय दिन ध्यानदिनुपर्ने जोड दिनुभयो ।

कार्यक्रममा कक्षा नर्सरी देखि नौ सम्मका विद्यार्थीहरुको नतिजा प्रकाशन गरिएको थियो जसमा प्रथम, द्धितीय, तृतीय स्थान हासिल गरेका विद्यार्थीहरुलाई टिका, मेडल, ट्रफी, सट्रिफिकेट, कापी कलम लगायतका सामाग्री सहित सम्मान गरिएको थियो । विद्यालयका सिइओ मिना भण्डारीको स्वागत मन्तव्य तथा शिक्षक चन्द्र पन्थीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation