जिल्ला समन्वय समितिको बेवसाईट तथा स्थानीय तहको प्रगति अनुगमन प्रणालीको अनुशिक्षण कार्यक्रम संचालन

नेपालगन्ज । जिल्ला समन्वय समितिको बेवसाईट तथा स्थानीय तहको प्रगति अनुगमन प्रणालीको अनुशिक्षण कार्यक्रम शुरु भएको छ। शनिबार नेपालगन्ज स्थित सिद्वार्थ होटेलको सभाहलमा संञ्चालन भएको कार्यक्रममा लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका कुल २६ जिल्लाका जिल्ला समन्वय समिति प्राविधिक प्रमुख र स्थानीय तह प्राविधिक एवं सूचना अधिकृतहरुको सहभागीता रहेको थियो ।

No description available.

उक्त कार्यक्रममा प्रशिक्षक नागेश बडु,मिलन श्रेष्ठ,बिक्रम खतिवडा,जश्मीन स्थापित र अभिलास चक्रवर्तीले प्रशिक्षणगर्नु भएको थियो । स्थानीय तहहरुको लागि २०७२/२०७३ मा निर्माण भएको बेवसाईट पुरानो भएकाले समय सापेक्षित प्रबिधिको प्रयोग गर्ने उद्देश्यले नयाँँ बेवसाईट निर्माण भएको प्रशिक्षक जश्मीन स्थापित बताउनु भयो । स्थानीय सरकार संचालन र व्यवस्थापनमा सहजता लाई प्रभावकारी सेवा प्रवाह, विकास, जवाफदेहिता र सुशासन मार्फत नागरिकहरूलाई सन्तुष्टि पार्न समन्वय समिति प्राविधिक प्रमुख र स्थानीय तह प्राविधिक एवं सूचना अधिकृतहरु अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको यहाले बताउनु भयो ।

No description available.

जिल्ला समन्वय समितीका कर्मचारी सूचना प्रविधि,स्थानीय तह सूचना प्रविधि अधिकारीलाई शनिबार देखि सोमबार सम्म अहिलेको नयाँ प्रविधि सम्बन्धि बेवसाईट अपग्रेट सम्बन्धि अनुशिक्षण गर्ने कार्यक्रम रहेको प्रशिक्षक नागेश बडुले जानकारी दिनु भयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation