![](http://upakaronline.com/wp-content/uploads/2024/07/ssss-670x420.jpg)
उपकार अनलाइन, सैनामैना ।
सैनामैना -४ स्थित ग्यालेक्सी ई। बोर्डिङ स्कुलमा रहेको बाल क्लबले आफूलाई ज्ञान दिने विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिकालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरेको छ । विद्यालयमा रहेको बाल क्लबले गुरु पूर्णिमाको अवसरमा विद्यालयको प्राङ्गणमा कार्यक्रम आयोजना गरि गुरु महिमाको मन्तव्य ,कविता वाचन गरेका थिए ।
बाल क्लबकि अध्यक्ष अनिसा भण्डारीले कार्यक्रममा बोल्दै गुरु गुरुआमाले सिकाएको ज्ञानलाई व्यवहारमा उतारी जीवनलाई सार्थक बनाउन सक्यौँ भने मात्र गुरुहरुको सच्चा सम्मान हुनेछ त्यसैले हामी सदैव त्यो प्रयत्न गरि रहनेछौँ भन्ने प्रतिज्ञा गरिन । बाल क्लबका सह सचिब अभिषेक वि क र सुजता भट्टराईले गुरु महिमाको कविता वाचन गरि सम्पूर्ण गुरु गुरुमाप्रती समर्पित गरेका थिए । त्यसै गरि खुसी थापा र अप्सना थापाले गुरु र गुरुपूर्णिमाको महत्त्वमाथी प्रकाश पारेका थिए ।
विद्यालयका प्रधानाध्यापक श्रवण कुमार गौतमले अचानक विद्यालयको बाल क्लबका विद्यार्थी भाइ बहिनीले कार्यक्रम आयोजना गरि सम्पूर्ण शिक्षक शिक्षिकाहरुलाई सम्मान गरेकोमा खुसी व्यक्त गर्दै हाम्रा विद्यार्थीहरुलाई विद्यालयले संस्कारयुक्त शिक्षा प्रदान गरेको आज प्रमाणित भयो । हाम्रा विद्यार्थीहरुले आफूले सिकेको ज्ञान व्यवहारमा उतारे आफ्नो जीवनलाई सत्मार्गमा लैजाने आशा व्यक्त गर्नुभयो । गुरुप्रतिको सम्मान आदर हराइ रहेको बेला विद्यार्थीहरुले यसरी सम्मान गर्दा खुसी प्रकट गर्दै विद्यालयका प्रवन्ध निर्देशक प्रकाश भट्टराईले प्रत्येक दिन गुरुको सम्मान गर्नु पर्ने, गुरुले भनेको मान्ने , बुबा आमाले भनेको मान्नु पर्ने बताउनुभयो ।
बाल क्लबकि अध्यक्ष अनिसा भण्डारीको अध्यक्षता , विद्यालयका प्रबन्धक निर्देशक प्रकाश भट्टराईको प्रमुख आतिथ्यता, विद्यालयका प्रधानाध्यापक श्रवण कुमार गौतमको विशेष आतिथ्यता साथै विद्यालयका सम्पूर्ण शिक्षक अतिथी रहेको कार्यक्रमको क्लबकि सचिब दीक्षा शर्मा र खुसी थापाको सञ्चालनमा सम्पन्न भएको विद्यालयका शिक्षक बाबुराम खनालले जानकारी दिनुभयो ।