लुम्बिनी र सिचुआन सरकार बीच पर्यटन प्रवर्द्धनमा पहल

दाङ । चीनको सिचुआन प्रदेश सरकारको आयोजनामा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रदेश सरकार बीच पर्यटन प्रवर्द्धनमा सहकार्य गरिने बताएका छन् । भगेनी सम्बन्धलाई पुनर्ताजगी गर्दै दुई प्रदेशका बीचमा सहयोग आदानप्रदानलाई तिब्रता दिइने उनले बताए ।

छेन्दुमा रहेको जाइन्ट पाण्डा ब्रिड सेन्टरको बुधबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सिचुआनको छेन्दुबाट लुम्बिनीको भैरहवा सिधा हवाई उडानको व्यवस्था गर्ने बारेमा पहल सुरु भएको जानकारी दिँदै चीनले पर्यटनको क्षेत्रमा हाँसिल गरेको उपलब्धि र सिकाइलाई अनुसरण गरिने, पर्यटन प्रवर्द्धनमा सहकार्य हुने बताए । ुहाम्रा पर्यटकीय स्थल, संरक्षण क्षेत्रको व्यवस्थापनमा चीनिया अनुभव र सिकाइलाई परिस्कृत गरेर लागू गर्न सकिन्छझ उनले भने लुम्बिनी पर्यटन सर्किटलाई कार्यान्वयन गर्न यहाँको सिकाइ उपलब्धि मुलक बन्ने छ ।

मुख्यमन्त्री आचार्य सहित सम्मेलित भ्रमण दलले छेन्दु अन्तर्राष्ट्रीय रेलवे बन्दरगाहाकोसमेत अवलोकन गरेको छ । भ्रमणमा मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थ, मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डाक्टर रामबहादुर राउत, स्वकीय सचिव कुशल भुसाल, विज्ञ सल्लाहकार डाक्टर सागर न्यौपाने, मुख्यमन्त्रीकी श्रीमति दिपा आचार्य लगायत सहभागी छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation