बाणगंगाका बजार क्षेत्र पुनः भोलिदेखि मंगलबार बन्द हुने

उपकार अनलाइन, सैनामैना । बाणगंगा नगरपालिकाका बजार क्षेत्र भोलि मंगलबारदेखि पुनः साप्ताहिक रुपमा बन्द हुने भएका छन् । बाणगंगाका बजार क्षेत्र मंगलबार बजार बन्द हुने गरेको भए पनि चाडपर्वलाई लक्षित गरि मंगलबार पनि खुला गरिएको थियो ।

मंसिर ४ गते देखि मंगलबार पनि खुल्दै आएका बजार क्षेत्र पुर्ण रुपमा बन्द रहने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले  जानकारी दिए । उनले उद्योग व्यवसायीलाई थप प्रवद्र्धन गर्न चाडपर्वमा संघले बजार खुलाउँदै आएको बताए ।

साथै अध्यक्ष क्षेत्रीले १५ औँ कपिलवस्तु महोत्सवमा स्थानिय ब्यवसायीलाई ३५ प्रतिसम्म छुट लिई महोत्सव स्थलभित्र स्टल राख्न इच्छुक भए कार्यालयमा सम्र्पक गरी स्टल लिन आग्रह गरेका छन ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation