विमल गैरे, सैनामैना ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीएस (स्नातक तह, वाणिज्य संकाय) चौथो वर्षको परीक्षामा बिन्दु पाण्डेले उत्कृष्ट नतिजा हासिल गर्दै रुपन्देही जिल्लामा पहिलो स्थान हासिल गर्न सफल भएकी छिन् ।
रुपन्देहीको सैनामैना–६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा अध्ययनरत पाण्डेले ७९ दशमलव २० प्रतिशत अंक ल्याएर जिल्लामै शीर्ष स्थान हासिल गरेकी हुन् ।
बिन्दु पाण्डेले आफ्नो यो उपलब्धिलाई परिवारको साथ, गुरुजनहरूको मार्गदर्शन र साथीहरूको सहयोगले यो सम्भव भएको उपकार अनलाइनलाई बताईन । “लगातारको अध्ययन र समय व्यवस्थापनले यस उपलब्धिमा पुग्न मलाई सहयोग ग¥यो, उनले भनिन् ।
क्याम्पस प्रशासनले पनि पाण्डेको उपलब्धिको प्रशंसा गर्दै उज्जवल भविष्यको कामना गरेको छ । उनको मेहनत, लगनशीलता र शिक्षाप्रति गहिरो रुचिले यो सफलता सम्भव भएको क्याम्पस प्रशासनले जनाएको छ ।