विमल गैरे, रुपन्देही ।
पाल्पाको रामपुरमा दोस्रो किङ्गस कप खुल्ला पालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेश सांसद तथा अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापती राजु प्रसाद श्रेष्ठले नेपालको परिवेशमा पहाडीभेगमा भलिबल खेल महत्वपुर्ण भएको र यस किसिमको प्रतियोगिता स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले आयोजना गर्नुपर्ने बताउनुभयो । प्रमुख अतिथि श्रेष्ठले किङ्गस क्लव र भम्वक युनाइटेठ क्लवले आफ्नै श्रोत र साधन प्रयोग गरेर रामपुरमा अहिले सम्मकै ठुलो धन राशीको खेल खेलाउन लाग्नुभाछ यो क्षेत्रको खेलकुदको विकासलाई ज्यादै महत्व दिएको जानकारी गराउनुभयो । खेलकुदको विकासलाई, विरोजगारलाई रोजगार बनाउन, खेललाई व्यवसाहिक वनाउन सरकाले सोच्न पर्ने वेला आएको उल्लेख गर्नुभयो । खेलाडी खेल्न मात्र नभएर व्यवसायिक बन्ने, नेपालको इज्जत राख्ने भएकोले त्यस तर्फ प्रदेश सरकारको ध्यान गएको बताउनुभयो । लुम्विनी प्रदेश सरकारले घोषणा गरेको रामपुर नगर नमुना शहर अवधारणा रामपुरमा राम्रो खेल मैदान नभए सम्म सफल नहुने श्रेष्ठको भनाइ छ । रामपुरमा राष्टिय र अन्तराष्टिय खेल खेलाउन मिल्ने खेलमैदान निमार्ण गर्नका लागि नगरपालिकाले पहल गरेर निर्णय गरे आफुले आगामी वर्षनै वजेट विनियोजन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो
कार्यक्रमका विशिष्ठ अतिथि रामपुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा नगर प्रबक्ता कपिल बहादुर खाणले भलिवल खेल आम दर्शकको मन जित्ने खेल वनेको उल्लेख गर्नुभयो । यो भलिवल खेल यहाकाृ भुगोल सुवाउने खेल भएको बताउदै खेलकुदका लागि आवश्यक खेल मैदान नभएको र प्रदेश सरकालले खेलमैदान निमार्णका लागि आवश्यक पहल गर्न आगै गर्नुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोख्रेल, रामपुर नगरपालिका वडा नं. ५ का निवर्तमान वडा अध्यक्ष हिमाल मल्ल, नेपाल मस्लििम संघ केन्द्रिय उप सभापती हजिल्द्धिन मिया, रामपुर उद्योग बाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रसाद ढकाल लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।
किङ्गस क्लव रामुरका अध्यक्ष योगेन्द्र हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत भम्वक युनाइटेड युथ क्लवका अध्यक्ष बालकृष्ण कुमालले गर्नुभएको हो । कार्यक्रमको सञ्चालन किङ्गस क्लवका सचिव जोगन भुजेल र भम्वक युनाइटेड युथ क्लवका सह सचिव अन्जना सिंङ्गले गर्नुभएको थियो ।
किङ्गस क्लब रामपुरको आयोजना र भम्बक युनाइटेड युथ क्लवको सह–आयोजनामा रामपुर नगरपालिका–५, भम्बकस्थित खेल मैदानमा प्रतियोगिता पौष २७ गते सम्म सञ्चालन हुने छ । खेलको सम्पुर्ण जानकारी उपकार अनलाई डट कम र खेलको प्रत्यक्ष प्रशारण उपकार अनलाइन टि भि बाट हेर्न सकिने छ ।