पाल्पा जिल्लाको सांस्कृतिक पहिचान खेलकुद मार्फत जगेर्ना : उत्कृष्ट खेलाडीलाइ करुवा र ढाकाको सम्मान

विमल गैरे, रुपन्देही ।
पाल्पा जिल्लाको सांस्कृतिक पहिचानको रूपमा रहेको करुवा र ढाकालाई किङ्स कप भलिबल प्रतियोगितामा प्रत्येक दिनका उत्कृष्ट खेलाडीलाई सम्मान स्वरूप प्रदान गरिएको छ । यो कदमले स्थानीय सांस्कृतिक सम्पदा जोगाउनुका साथै खेलकुदमा मौलिकताको पहिचान कायम राख्न महत्वपूर्ण योगदान पु¥याएको छ ।

दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको प्रत्येक दिनको खेल सकिए पछि टिमका एक जना उत्कृष्ट खेलाडीको घोषणा गर्दै शिरमा ढाका टोपी लगाइदिदै करुवा उपहार स्वरुप दिइएको छ । करुवा, जुन पाल्पाली परम्परागत धातु कलाको एउटा अनुपम उदाहरण हो । त्यस्तै, ढाका टोपी नेपाली संस्कृति र पहिचानको प्रतीक हो, जुन विशेषगरी पाल्पामा बनाइन्छ । खेलाडीहरूलाई यी उपहारहरूले उनीहरूको मेहनतको कदर गर्नुका साथै नेपालका मौलिक कलालाई जगेर्ना गर्ने उद्देश्य बोकेको क्ल्वका अध्यक्ष योगेन्द्र हमालले बताउनुभयो । अध्यक्ष हमालले स्थानीय संस्कृति र खेलकुदलाई एकसाथ प्रवद्र्धन गर्न यस्तो पहल गरिएको जानकारी गराउनुभयो । “हामीले खेलकुदलाई संस्कृति र पहिचानसँग जोड्न खोजेका हौं । करुवा र ढाका पाल्पाको गौरव हो र यसलाई खेलाडीहरूका लागि प्रेरणा बनाउने प्रयास गरेका छौं हमालले भन्नुभयो ।

खेलकुद र संस्कृति एकअर्काका परिपूरक हुन् दोस्रो किङ्स कपमा प्रत्येक दिनको उत्कृष्ट खेलाडीलाई विशेष गरी पाल्पा जिल्लाको पहिचान संग जोडिएको करुवा र ढाकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग पुगोस भन्ने उद्धेश्यले यो उपहार दिने निर्णय गरेको किङ्गस क्लवका उपाध्यक्ष तथा दोस्रो किङ्स कपका सास्कृतीक संयोजक प्रितम भट्राइले बताउनुभयो । किङ्स क्लवले आगामी दिनमा पनि यस्ता मौलिक सम्मानलाई प्राथमिकतामा राख्दै पाल्पा जिल्लालाई चिनाउने खालका काम गर्ने योजना रहेको भट्राइको भनाई छ । यो सम्मानले केवल खेलाडीको उत्साहवृद्धि गरेको छैन, पाल्पाको पहिचानलाई पनि थप उजागर गरेको छ । खेलकुदको माध्यमबाट पनि जिल्लाका पहिचानका रुपमा रहेका सामाग्रीलाई चिनाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेको छ पाल्पा जिल्लाको रामपुरमा रहेको किङ्स क्लव ।

यता खेल संयोजक लक्ष्मण मल्लले यो आफुहरुको पहिलो प्रयास भएको जनाउनुभयो । जिल्लामा रहेका हरेक स्थानिय तहहरुले पनि अव यहि कदम चालेर हरेक कार्यक्रममा जिल्लाको पहिचान झल्किने, जिल्लामै उत्पादन हुने सामाग्रीहरुलाई प्रोत्साहन दिन आवश्यक छ मल्लले भन्नुभयो । जुन कामको सुरुवात किङ्गस क्लव र भम्बक युनाइटेड युथ कलवले गरेको छ ।

गत २४ गते देखीे स्वास्थ्यका लागि खेलकुद, रास्ट्रका लागि खेलकुद भन्ने मुलनारा सहित सुरु भएको दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता पुष २७ गतेसम्म सञ्चालन हुने छ । पतियोगिताको आयोजक किङ्गस क्लब रामपुर र सह–आयोजनाकमा भम्बक युनाइटेड युथ क्लव रामपुर रहेको छ । प्रतियोगिता रामपुर नगरपालिका–५, भम्बकस्थित खेल मैदानमा चलिरहेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation