दोस्रो किङ्स कप उपाधिका लागि चापाकोट र बौदिकाली भिड्दै

बिराट पहारी, ,पाल्पा ।

दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधिको लागि शनिवार स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका र नवलपुर जिल्लाको बौदिकाली गाउँपालिका भिड्ने भएका छन् । शुक्रवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकाले रामपुर नगरपालिकालाई ३–० सोझो सेटमा हराउदै फाइनलमा स्थान सुरक्षित गरेको थियो त्यस्तै दोस्रो सेमिफाइनल खेलमा नवलपुर जिल्लाको बौदिकाली गाउँपालिकाले पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिकालाई ३–० सोझो सेटमा हराउदै फाइनल प्रवेश गरेको थियो । यो संगै फाइनल भिडन्त शनिवार चापाकोट र वोदिकाली विच दिउसो १ वजे सुरु हुने छ ।

प्रतियोगितामा विजेता टोलीले १ लाख ११ हजार १११ हजार नगद पुरस्कार साथै मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । उपविजेताले पनि ६६ हजार ६६६ नगद रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै तृतिय स्थान प्राप्त गर्नेले ४४ हजार ४४४ रुपियाँ नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने सान्तवना स्थान प्राप्त गर्नेले २२ हजार २२२ रुपैया नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

यसैगरी तेस्रो स्थानका लागि रामपुर नगरपालिका र पुर्वखोला गाउँपालिका बिच विहान ९ः३० वजे सुरु हुने छ । यस्तै शुक्रवार आयोजक र सह आयोजक बिच मैत्रीपुर्ण भलिबल पनि समय अभावको कारण बराबरी १–१ सेटमा सकिएको छ ।

गत पौष २४ गते बाट सुरु भएको प्रतियोगिता भोलि सकिदै छ । कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आथित्यतामा समापन हुने आयोजकले जनाएको छ । किङ्गस क्लब रामपुरको आयोजना र भम्बक युनाइटेड युथ क्लवको सह–आयोजनामा रामपुर नगरपालिका–५, भम्बकस्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation