प्रेस चौतारी नेपाल कपिलवस्तुको अध्यक्षमा बाबुराम रायमाझी

उपकार अनलाइन, सैनामैना ।

प्रेस चौतारी नेपाल कपिलवस्तु जिल्ला अध्यक्षमा बाबुराम रायमाझी निर्विरोध निर्वचित हुनु भएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–४, ठाकुरापुरमा बुधबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट रायमाझी सर्वसम्मत रूपमा नेतृत्वमा आउनु भएको हो ।

अधिवेशनमार्फत गठित नयाँ कार्यसमितिमा उपाध्यक्षमा कुलराज भुसाल, महिला उपाध्यक्षमा सरस्वती पौडेल, सचिवमा सजिव गहतराज, सह–सचिवमा राम अवतार चौधरी र अजय मिश्रा तथा कोषाध्यक्षमा अनुपम पौडेल चयन भएका छन्। साथै, कार्यसमिति सदस्यहरूमा लक्ष्मण सापकोटा, सुसिल गैरे, कृष्ण पौडेल, सागर विक, विपना पौडेल , कोपिला पौडेल र घन्श्याम भर निर्वाचित हुनु भएको छ।

बुधबार सपथग्रहण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष रायमाझीले संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउनु भयो । उहाँले पत्रकारहरूको हक, हित र अधिकार सुनिश्चित गर्न संगठनलाई अझै बलियो बनाउने तथा स्थानीय मुद्दाहरूलाई प्राथमिकता दिने बताउनु भयो ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिहरूमा जानु पाण्डे, भेषराज पाण्डे र गिता अर्याल निर्वाचित भएका छन् भने प्रदेश प्रतिनिधिहरूमा राम बहादुर गन्धर्व,अजय वर्मा र संगिता भुसाल निर्वाचित भएका छन् । नयाँ नेतृत्वको आगमनसँगै कपिलवस्तुमा पत्रकारिता क्षेत्र थप व्यावसायिक, मर्यादित र प्रभावकारी हुने अपेक्षा लिइएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation