प्रदिप ज्ञवाली , सैनामैना । सैनामैनाको रामापुर माध्यमिक विद्यालयको ६१ औं वार्षिकोत्सबको अवसरमा विद्यालयले नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विज्ञान र प्रविधिको उन्नति मानव जीवनमा पारेको प्रभावू शीर्षकमा वक्तृता प्रतियोगिता भएको हो ।
प्रतियोगितामा कलौनी कान्तिपुर इङलिस स्कुलका रमित ज्ञवाली प्रथम भएका छन । प्रतियोगितामा जनज्योती आधारभूत विद्यालयका शरद पाण्डे द्वितीय भएका छन भने रामापुर माध्यमिक विद्यालयकी सुनिशा पाण्डे तृतीय भएकी छन ।
यस्तै सिद्धार्थ मेमोरियल एकेडेमीका ओशिन श्रेष्ठ र जनकल्याण माध्यमिक विद्यालयकि आकृती खड्कासान्त्वना हुन सफल भएकी छन ।