जनप्रतिनिधि जमुना पुन सुनारद्वारा जन्मदिनको अवसरमा विद्यालयलाई कुर्ची हस्तान्तरण

विमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिका वडा नं. ३ को वडा सदस्य जमुना पुन सुनारले आफ्नो जन्मदिनको अवसर पारेर वडा नं. ३ कै जनज्योती आधारभुत विद्यालयलाई कुर्ची हस्तान्तरण गर्नुभएको छ ।

मंगलवार एक जन्मदिन विशेष कार्यक्रममा उहाँले विद्यालयका प्रधानाध्यापक बुद्ध प्रसाद गौतमलाई कुर्ची हस्तान्तरण गर्दै शिक्षाको स्तर सुधारमा योगदान दिन पाउँदा खुशी लागेको बताउनुभयो । वडा सदस्य सुनारले जन्मदिनमा होटल तथा रेष्टुरेन्टमा गएर खर्च गर्नु भन्दा सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्रीहरु प्रदान गर्न वा सामाजिक काममा जति सकिन्छ त्यति सहयोग गर्न सवैलाई आग्रह गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक बुद्ध प्रसाद गौतमले विद्यालयलाई आवश्यक पर्ने सामाग्री प्रदान गर्नु प्रेरणादायी कार्य भएको उल्लेख गर्दै उहाँलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष भिम खड्का, शिक्षक, अभिभावक, विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation