बाणगंगा । कपिलवस्तुको बाणगंगा नगरपालिकामा पहिलो पटक उपप्रमुख कप खुला भलिवल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता आगामी फागुन ५ गतेदेखि चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुने उपप्रमुख रिता कुमारी चौधरीले जानकारी दिईन् ।
उनले आर्थिक बर्ष २०८१ /०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत प्रतियोगिता हुन लागेको बताईन् । यस प्रतियोगिताले बाणगंगासहित जिल्लाकै १० वटै पालिकाका महिला भलिबल खेलाडीहरु लाभान्वित हुने उनको विश्वास छ ।
एक पालिकाका खेलाडी अर्को पालिकामा गएर खेल्दा खेल सिपमा थप निखारतापन आउने उनले बताईन् ।
टिम दर्ता निशुल्क गरिने जानकारी दिदैं शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार र चौथो हुनेले १० हजार प्राप्त गर्ने जानकारी दिए ।
यस्तो छ सुचना