
प्रदिप ज्ञवाली, सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा रहेको अनेरास्ववियुले आगामी चैत्र ५ मा हुन लागेको क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापतीमा विज्ञान पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आगामी चैत्र ५ गते हुने स्ववियुको निर्वाचनमा सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुबाट सभापति पदमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत विज्ञान पाण्डेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
आज सम्पन्न कमिटी भेलाबाट उक्त निर्णय भएको कमिटीले जनाएको छ । भेलामा अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य लेखनाथ खनाल लगायत विद्यार्थी नेताको बैठकमा उपस्थिति रहेको थियो ।