सैनामैना माविमा कक्षा ११ र १२ मा कानुन विषय पढाइ हुने

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिकाको शैक्षिक क्षेत्रमा अर्को महत्वपूर्ण उपलब्धि थपिएको छ । अबदेखि सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा कानुन विषय पढाइ सुरु गरिने भएको छ । यस अघि उक्त विद्यालमा विज्ञान,  व्यवस्थापन, होटल व्यवस्थापन, कम्प्युटर विज्ञान, शिक्षा (मुख्य गणित, प्रमुख अंग्रेजी, प्रमुख नेपाली, प्रमुख स्वास्थ्य) विषय पढाइ हुदै आएको थियो ।

कानुन विषय थपिय संगै शिक्षा, न्याय, समाज र नेतृत्वमा रुचि राख्ने विद्यार्थीहरूका लागि सुनौलो अवसर हुने विश्वास गरिएको छ । विद्यालय प्रशासनका अनुसार यस विषयले आगामी दिनमा सक्षम कानुनविद्, सामाजिक नेतृत्त्वकर्ता र न्यायप्रेमी नागरिक उत्पादनमा टेवा पुर्‍याउनेछ ।

विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले भन्नुभयो, “अब हाम्रा विद्यार्थीहरूले कानुन विषयको अध्ययन यहीँ बसेर गर्न पाउने छन् । यसले विद्यार्थीहरूमा न्यायबोध, अधिकारको चेतना र नेतृत्व क्षमता अभिवृद्धि गर्नेछ ।”

May be an image of 5 people and text that says 'Science Management Education Hotel Management Computer Science Finance Law Inquiries Ongoing Major Maths Major English Major Nepali Major Health SCERCA サー Sainamaina Parroha Prameshwor Model Secondary School Sainamaina 1, Rupandehi Toll Free: 18105000135 Hotline: 9851415135 071405135'

🎓 अब सैनामैनामा कानून (Law) पनि पढाइ हुने! ⚖️
शैक्षिक सत्र २०८२ देखि सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालय कक्षा ११ र १२ मा निम्न विषयहरूमा अध्ययन सुरु हुँदैछ :
🔹 Science
🔹 Management
🔹 Hotel Management
🔹 Computer Science
🔹 Education (Major Maths, Major English, Major Nepali, Major Health)
🔹 Law (नयाँ थपिएको विषय)
📚 भोलिका उज्ज्वल कर्णधारहरू तयार पार्ने हाम्रो लक्ष्य!
🧠 अनुभवी शिक्षक, आधुनिक शिक्षण पद्धति, विद्यार्थी-मैत्री वातावरण र समयसापेक्ष विषयहरूको सन्तुलित संयोजनले
सैनामैना पर्रोहा परमेश्वर नमुना मा. वि‌. सहायक बन्ने छ अबको तपाईंको भविष्य निर्माणको उत्कृष्ट गन्तव्य!
📌 आजै सम्पर्क राख्नुहोस्

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation